शनिबार ईदको बिदा

डिसी नेपाल
६ चैत २०८२ १८:३९
60
Shares

काठमाडौं। नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा आज जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो।

मन्त्रालयले नेपाल राजपत्रमा ईदको बिदा दिने प्रबन्ध गरिएको र मुस्लिम आयोगबाट प्राप्त जानकारीबमोजिम यही चैत ७ गते शनिबार उक्त पर्व पर्ने भएकाले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी एवं नेपालीहरूमा शुभकामना दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *