भारतमा ज्ञान-विज्ञानको स्रोत नै लुप्त भएको छ

डिसी नेपाल
२४ माघ २०७८ १३:३६

महिनामा कृष्ण पक्षको एउटा र शुक्ल पक्षमा एउटा गरी दुई वटा पञ्चमी हुन्छन्। १२ महिनाको २४ वटा पञ्चमी हुन्छ।
तर ती मध्ये माघ महिनामा मात्रै श्री लागेको हुन्छ। माघ शुल्क पञ्चमी भनेको श्रीपञ्चमी हो।

श्रीपञ्चमीलाई बसन्त पञ्चमी पनि भनिन्छ। माघ फागुन शिशिर हो। चैत बैशाख बसन्त। तर माघमा आउने श्रीपञ्चमीलाई किन बसन्त पञ्चमी भन्यो भने पश्चिमेलीहरुको विश्वास के छ भने वर्षभरीको सबैभन्दा लामो रात २२ डिसेम्बर। सबैभन्दा लामो दिन २१ जुन।

अब हाम्रो सबैभन्दा लामो दिन असार १५, सबैभन्दा लामो रात पुस १५। पुस १५ देखि पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्य किरण सोझो पर्न थाल्छ र दिन लामो हुन थाल्छ। माघ १५ देखि दिन घमाउन थाल्छ।

श्रीपञ्चमीदेखि वातावरण राम्रो बन्न थाल्छ। जस्तो अहिले नेपालमा एक महिनादेखि न घाम लाग्ने न पानी पर्ने थियो। अस्तीदेखि पानी पर्यो आइतबारदेखि मौसम कस्तो सफा भएको छ।

अब आरु फुल्न थाल्यो, बनस्पतिहरु राम्रो हुन थाल्यो। यो बसन्त ऋतुको आगमन भएको हुनाले बसन्त श्रमण गर्ने प्रचलन पनि छ। किन भने अब दिन घमाइलो भयो, घमाइलो भएपछि रमाइलो पनि भयो। त्यसकारण श्रीपञ्चमीलाई बसन्त पञ्चमी भनेको हो। श्रीपञ्चमी भनको सरस्वती जयन्ती हो, यो दिन सरस्वतीको पूजा गरिन्छ।

हिमालयले आफ्नो धार परिर्तन गर्‍याे। हिमालयले आफ्नो धार परिवर्तन गरेको हुनाले सरस्वती नदी अहिले भारतमा बग्न छोड्यो। सरस्वती नदी बगेको ठाउँ अहिले राजस्थानको मरुभूमि भएको छ। मैले भारतको निन्दा गरेको होइन, तर सरस्वती भनेको ज्ञान विज्ञानको स्रोत नै लुप्त भएको छ। 

श्रीमपञ्चमी भनेको विद्याको साधन हो। विद्या भनेको कविता गाउनेमात्रै होइन संगीत पनि छ यहाँ। कला कौसल मुर्त अमुर्त सबै विद्याको साधनाको दिन हो। तर अब यो विद्याको साधनामात्रै नभएर यो आर्थिक कारोकार पनि हो। श्रीपञ्चमी भनेको धन र ज्ञान दुवैसँग सम्बन्धित छ। अब हामीले के बुझ्नुपर्छ भने भारतमा गंगा, यमुना, सरस्वती तीनवटा महत्वपूर्ण नदी बग्दथे पहिला।

गंगा र यमुना अहिले पनि छन्। पूर्व सागरमा गएर समुद्रसँग मिल्छन्। त्यस्तै सरस्वती नदी बडो तेजिलो धारसँग बग्ने र पश्चिम समुद्रमा गएर मिल्ने। त्यो सरस्वती नदी किनारमा धेरै जसो ऋषिमुनिका आश्रमहरु थिए। ज्ञान विज्ञानको साधन हुने ठाउँ थियो। ज्ञान विज्ञानको साधना हुने भएको ठाउँ भएका कारण त्यो नदीको नाम सरस्वी रहन गयो।

तर, हिमालयले आफ्नो धार परिर्तन गर्‍याे। हिमालयले आफ्नो धार परिवर्तन गरेको हुनाले सरस्वती नदी अहिले भारतमा बग्न छोड्यो। सरस्वती नदी बगेको ठाउँ अहिले राजस्थानको मरुभूमि भएको छ। मैले भारतको निन्दा गरेको होइन, तर सरस्वती भनेको ज्ञान विज्ञानको स्रोत नै लुप्त भएको हुनाले भारतमा इस्लामहरुले सयौं वर्ष शासन गरे। त्यसपछि इसाइहरुले पनि सयौं वर्ष शासन गरे।

किनभने त्यहाँ विवेकको हरण भयो। ज्ञान विज्ञानको सरस्वती नै लुप्त भयो। सरस्वती बिजमन्त्र हुन्छ। बिजमन्त्र बाग्मती नेपालमा अहिले पनि बगिरहेको छ। फोहोर अवस्था भएपनि बाग्मती नेपालमा अहिले पनि बगिरहेको छ। नेपालको राजधानी काठमाडौं उपत्यका अघि नाग पोखरीको रुपमा थियो भनिन्छ। जस्तो कैलाश पर्वत भयो।

कैलाश पर्वतको फेदीमा मानसरोवर छ। त्यस्तै यो उपत्यका अघि नागपोखरीका रुपमा थियो। माथिपट्टी शिवपुरीको डाँडो कैलाश जस्तो। त्यहाँबाट बाग्मती, रुद्रमती र विष्णुमती तीनवटा जलाधार बग्थे। बाग्मती भनेको सरस्वती, ब्रम्हाको शक्ति, रुद्रमती भनेको शिवको शक्ति, विष्णुमतीको भनेको विष्णुको शक्ति।

नेपालमा महिलो भएपनि ढलकै रुपमा भएपनि अबिरल रुपमा बाग्मती बगिरहको छ। बाग्मती भनेको सरस्वतीको बिज हो। त्यसकारण नेपालमा अहिलेसम्म मुललमानले, अंग्रेजले र भोट चीनले पनि शासन गरेको छैन। नेपाल अक्षुण, चोखो, विशुद्ध तर वाग्मतीलाई पेट चिरेर बाग्मती बनाइ दियो। रुद्रमतीलाई धोवी खोला र इसुमतीलाई टुकुचा बनाइ दिएपछि नेपालीहरुको पहिचान गुमेको हो।

तर जुन बेलादेखि रुद्रमतीलाई हामीले धोवी खोला बनाइ दियौं, वाग्मतीलाई बाग्मती बनाइदियौं र विष्णुमतीको भनेको उखुको जुस जस्तो शितल पानीलाई विष्णुमतीलाई टुकुचा बनाइ दियौं। त्यसपछि यो बाग्मती सभ्यताको अधोगति सुरु भयो। नेपालीहरुले आफ्नो पहिचान गुमायो।

पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल भने जस्तै भारतीय सभ्यता र संस्कृति हिमालयदेखि दक्षिणपट्टीको र हिमालयदेखि उत्तरपट्टीको चिनियाँ सभ्यता र संस्कृतिको संगम हो। जस्तो अब भारतका विकसित सरस्वती कस्तो हुन्छ? सरस्वतीले विणा धारण गरेको हुन्छ।

पुस्तक धारण गरेको हुन्छ, स्फटिकको माला धारण गरेको हुन्छ। भारतमा विकास भएको सरस्वतीको स्वरुप त्यस्तो हुन्छ। नेपालमा पनि त्यस्तो किसिमको स्वरुप भएको सरस्वतीको प्रचलन छ। तर तिब्बत चीनमा भारतीय सभ्यता र संस्कृतिको सरस्वती भनेजस्तै चीनमा महामञ्जुश्री अझ आर्या महामञ्जुश्री।

मञ्जुश्रीको स्वरुप के हुन्छ भने दाहिने हातमा खड्ग लिएको हुन्छ। बायाँ हातमा कमलको फूलमाथि पुस्तक धारण गरेको हुन्छ। मञ्जुश्रीलाई सरस्वतीको प्रतिक मानिन्छ। जस्तो अहिले स्वयम्भूमा मञ्जुश्रीको पाउ छ। त्यसलाई स्वयम्भू सरस्वती भन्छन्, तर त्यो मञ्जुश्रीको पाउ हो।

बाग्मती नेपालमा अहिले पनि बगिरहेको छ। फोहोर अवस्था भएपनि बाग्मती नेपालमा अहिले पनि बगिरहेको छ। नेपालको राजधानी काठमाडौं उपत्यका अघि नाग पोखरीको रुपमा थियो भनिन्छ। जस्तो कैलाश पर्वत भयो। कैलाश पर्वतको फेदीमा मानसरोवर छ। त्यस्तै यो उपत्यका अघि नागपोखरीका रुपमा थियो।

तर नेपालले कस्तो किसिमको समन्वय गरायो भने भारतमा विकसित विणा पुस्तक धारिणी, खड्ग र प्रज्ञापुस्तक लिने सरस्वीतको समन्वय गराएर नेपाल मण्डलमा कस्तो किसिमको सरस्वती पाइन्छ त भन्दा एउटा हातमा खड्ग लिएको र एउटा हातमा प्रज्ञापुस्तक लिएको, अनि बायाँ हातमा धनुष लिएको दाहिने हातमा पुष्पवाण लिएको सरस्वती पाइन्छ। खड्ग र पुस्तक भनेको मञ्जुश्रीको आयात हो, पुष्पवाण र धनुष भनेको त्रिपुरासुन्दरीको आयात हो।

भारतीय र चिनियाँ संस्कृतिलाई पनि समन्वय गराएर उत्तरको संस्कृति र सभ्यता दक्षिणतिर सम्प्रेषण गर्ने र दक्षिणको संस्कृति र सभ्यता उत्तरतिर सम्प्रेषण गर्ने सम्प्रेषण भूमि नेपाल हो।

तर त्यो कुरा अहिले हामीलाई अत्तोपत्तो छैन। हामीले के बुझ्नुपर्छ भने भारतमा सरस्वती नदी बगिन् त्यसकारण त्यहाँ मुलसमानले शासन गरे, अंग्रेसले शासन गरे।

अहिले भारतमा गते चल्दैन डेट चल्छ, तर नेपालमा महिलो भएपनि ढलकै रुपमा भएपनि अबिरल रुपमा बाग्मती बगिरहको छ। बाग्मती भनेको सरस्वतीको बिज हो।

त्यसकारण नेपालमा अहिलेसम्म मुललमानले, अंग्रेजले र भोट चीनले पनि शासन गरेको छैन। नेपाल अक्षुण, चोखो, विशुद्ध तर वाग्मतीलाई पेट चिरेर बाग्मती बनाइ दियो। रुद्रमतीलाई धोवी खोला र इसुमतीलाई टुकुचा बनाइ दिएपछि नेपालीहरुको पहिचान गुमेको हो।

डिसी नेपालको नयाँ प्रस्तुती साहित्यिक कार्यक्रम ‘पन्नाभित्र’ को उद्घाटनको अवसरमा डा. गुरुङले दिएको मन्तव्यको संपादित अंश




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *