कोभिड–१९ को खोपको सम्वन्धमा फैलिएका अफवाह र यथार्थ

डिसी नेपाल
१८ जेठ २०७८ ९:०३

कोभिड–१९ का खोपहरुसँग सम्वन्धित विभिन्न अफवाहहरू सामाजिक संजालमा फैलिरहेको पाइन्छ। यस्ता अफवाहहरुले गर्दा कोभिड–१९ को खोप उपलव्ध भएको अवस्थामा समेत खोप लगाउन नजाने प्रवृत्ति बढ्न सक्छ। नेपालमा पहिलो चरणको खोप लगाउने क्रममा खोपसँग सम्वन्धित शंका उपशंकाले गर्दा धेरै लक्षित वर्गले नै खोप नलगाएको भेटिन्छ।

आगामी दिनहरुमा खोप उपलव्ध हुँदा सबैले ढुक्कसँग त्यसको प्रयोग गर्न सक्नुहोस् भन्ने ध्येयले यो लेखमा सामाजिक संजालमा फैलिएका कोभिड–१९ को खोपसँग सम्वन्धित विभिन्न अफवाहहरुलाई प्रश्नोत्तरको रुपमा सम्वोधन गर्ने प्रयास गरिएको छ।

के कोभिड–१९ को खोप आवश्यक प्रक्रिया पूरा नगरी हतार हतारमा बनाइएको हो?

होइन। कोभिड–१९ को खोप निर्माण एकदमै छोटो समयमा भएको कुरा साँचो हो। सार्स–२ जस्ता अन्य कोरोना भाइरसहरुको बारेमा पहिलेदेखि नै अनुसन्धान जारी थिए। भाइरसहरुका विरुद्ध खोप निर्माण गर्ने विभिन्न टेक्नोलोजी र विधिहरु पनि विकसित थिए।

कोभिड–१९ को विरुद्ध खोप निर्माण गर्न धेरै देशका सरकारी र गैरसरकारी निकायहरुले समयमै सक्दो सहयोग गरे। त्यसैले चीन सरकारले कोभिड–१९ को आनुवंशिक सूचना सार्वजनिक गर्ने बित्तिकै खोप निर्माण कार्य विश्वभर नै द्रूत गतिमा सुरु भयो र यसले छोटो समयमै सफलता पनि प्राप्त गर्यो।

खोप लगाउने बित्तिकै संक्रमण हुनै नसक्ने भन्ने होइन। कोभिड–१९ को खोपले रोग लाग्नै नदिने वा लागिहाले पनि यसको असर कम गराउने गर्छ। आफूलाई यसको असर कम भए पनि संक्रमित भएर भाइरस अरुलाई सार्न सक्ने सम्भावना रहन्छ।

खोप निर्माणका विभिन्न चरणहरु हुन्छन् जसमा खोपले रोग प्रतिरोधी क्षमता उत्पादन गर्छ कि गर्दैन, खोप सुरक्षित छ कि छैन, अनि यसले रोग लाग्नवाट बचाउछ कि बचाउँदैन भनेर परीक्षण गरिन्छ।

विश्व स्वास्थ्य संगठनले अनुमति प्रदान गरेका कोभिड–१९ का सबै खोपहरुले यस्ता आवश्यक प्रक्रियाहरु पूरा गरेका छन्। त्यसैले कोभिड–१९ को खोप हतार हतारमा तयार गरिएको, आवश्यक प्रक्रिया पूरा नभएको भन्ने तर्कहरु सही होइनन्।

के कोभिड–१९ को खोपको साइड इफेक्टहरु खतरनाक हुन्छन्?

हुँदैनन्। कोभिड–१९ का खोपहरुसँग सम्बन्धित साइड इफेक्टहरु प्रायः धेरै साधारण हुन्छन्। खोप लगाइसकेपछि छोटो समयको लागि खोप लगाएको ठाउमा दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, थकान महसुस हुने जस्ता लक्षणहरु देखिन सक्छ।

यस्ता लक्षणहरु अरु खोप लगाउदा पनि देखिन्छ। पहिले नै कुनै विशेष किसिमका एलर्जी वा अन्य स्वास्थ्य समस्या छ भने त्यस्ता व्यक्तिहरुले भने स्वास्थ्य सेवा प्रदायकसँग सल्लाह लिनु उपयुक्त हुन्छ।

कोभिड–१९ को खोप लगायो भने मान्छेको मृत्यु हुने, खोप लगाएका व्यक्तिहरुको रोगसँग लड्ने क्षमता कम हुने वा उनीहरुलाई अरु रोगले संक्रमण गर्ने भन्ने कुराहरु निराधार हुन्। खोपले त उल्टो आफूलाई कोभिड लाग्नै नदिने, र लागिहाले पनि यसको असर कम गराउन महत्वपूर्ण भूमिका खेल्छ।

के कोभिड–१९ को खोपले कोभिड रोग लगाउँछ?

लगाउँदैन । खोप निर्माणको लागि मुख्यतया सार्स–२ भाइरसको सतहमा पाइने स्पाइक प्रोटिन, यसको आनुवंशिक तत्व (न्युक्लिक एसिड), वा निस्क्रिय पारिएको भाइरसको प्रयोग गरिएको छ।

अहिलेसम्म प्रयोगमा भएका कोभिड–१९ का कुनै पनि खोपमा रोग लगाउन सक्ने सक्रिय भाइरसहरुको प्रयोग गरिएको छैन। त्यसैले कोभिड–१९ को खोपले कोभिड गराउछ भन्ने कुरा गलत हो।

के कोभिड–१९ को खोपले हाम्रो डिएनए परिवर्तन गराउँछ?

डिएनएमा जीवहरूको आनुवंशिक सूचना संग्रहित हुन्छ । यस्ता आनुवंशिक सूचनाहरु जीवको वृद्धि, विकाश, र प्रजननको लागि अत्यावश्यक हुन्छन । त्यसैले खोपको प्रयोगले कतै मान्छेको डिएनए नै परिवर्तन हुने हो कि भन्ने डर र भ्रम पाइन्छ।

एकपटक कोभिड लागिसकेको मान्छेले पनि खोप लगाउदा उचित हुन्छ। संक्रमणपछि बन्ने रोग प्रतिरोधी क्षमता हरेक व्यक्तिमा फरक पर्छ। एकपटक संक्रमित भएपनि फेरी संक्रमित हुने सम्भावना पनि रहन्छ। त्यसैले संक्रमणमुक्त भैसकेको व्यक्तिले पनि खोप लगाउन उचित हुन्छ।

कोभिड–१९ को खोपले हाम्रो शरीरमा रहेका कोषहरुलाई सार्स–२ सँग लड्ने प्रतिरोधी क्षमता उत्पादन गर्न सूचना दिन्छ। खोपमा प्रयोग गरिएका कुनै पनि तत्वहरु डिएनएसंग मिसिदैनन र यिनीहरुले डिएनएलाइ परिवर्तन गराउँदैनन्। त्यसैले कतै खोपले हाम्रो डिएनए वा हामीलाई नै परिवर्तन गरिदिने त होइन भनेर डराउनु पर्दैन।

के कोभिड–१९ को खोप मार्फत हाम्रो शरीरमा माइक्रोचिप हालिन्छ? के खोप मार्फत हाम्रो गतिविधिको निगरानी गर्न सकिन्छ?

सकिँदैन। कोभिड–१९ को खोपमा माइक्रोचिप हालेको र त्यसमार्फत हाम्रो दैनिक गतिविधिहरुको निगरानी गरिने भन्ने कुरा एकदमै गलत हो। कोभिड–१९ को खोप निर्माणमा सार्स–२ भाइरसको सतहमा पाइने स्पाइक प्रोटिन, यसको आनुवंशिक तत्व (न्युक्लिक एसिड), वा निस्क्रिय पारिएको भाइरसको प्रयोग गरिएको छ । खोपमा प्रयोग गरिएका यि कुनै पनि चिजहरु मार्फत कुनै पनि व्यक्तिको निगरानी गर्न सम्भव छैन।

के एकपटक कोभिड लागिसकेको मान्छेले खोप लगाउनु पर्दैन ?

पर्छ। एकपटक कोभिड लागिसकेको मान्छेले पनि खोप लगाउदा उचित हुन्छ। संक्रमणपछि बन्ने रोग प्रतिरोधी क्षमता हरेक व्यक्तिमा फरक पर्छ। एकपटक संक्रमित भएपनि फेरी संक्रमित हुने सम्भावना पनि रहन्छ। त्यसैले संक्रमणमुक्त भैसकेको व्यक्तिले पनि खोप लगाउन उचित हुन्छ।

अहिलेसम्म प्रयोगमा भएका कोभिड–१९ का कुनै पनि खोपमा रोग लगाउन सक्ने सक्रिय भाइरसहरुको प्रयोग गरिएको छैन। त्यसैले कोभिड–१९ को खोपले कोभिड गराउछ भन्ने कुरा गलत हो।

एकपटक संक्रमित व्यक्तिहरुले निको भएको केही महिनापछि खोप लगाउनु उपयुक्त हुन्छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले एन्टीवडी वा प्लाज्मा थेरापी प्रयोग गरेका संक्रमितहरुको सन्दर्भमा कोभिड–१९ को खोप सन्चो भएको ९० दिनपछि मात्र लगाउन सुझाव दिएको छ।

के कोभिड–१९ को खोप लगाएको व्यक्तिले मास्क लगाउने, सामाजिक दुरी कायम राख्नेजस्ता रोकथामका उपायहरु अपनाउनु पर्दैन?

पर्छ। खोप लगाउने बित्तिकै संक्रमण हुनै नसक्ने भन्ने होइन। कोभिड–१९ को खोपले रोग लाग्नै नदिने वा लागिहाले पनि यसको असर कम गराउने गर्छ। आफूलाई यसको असर कम भए पनि संक्रमित भएर भाइरस अरुलाई सार्न सक्ने सम्भावना रहन्छ। त्यसैले खोप लगाएको भनेर रोकथामका उपायहरु नअपनाउने हो भने भाइरस सर्ने जालो तोड्न र यो महामारीवाट पार पाउन असम्भव हुन्छ।

जवसम्म सबैले वा धेरैजसो व्यक्तिहरुले खोप लगाउने माहोल बन्दैन त्यतिबेला सम्म मास्क लगाउने, हातको स्वच्छतामा ध्यान दिने, र सामाजिक दुरी कायम राख्नु अत्यावश्यक हुन्छ।

जतिसक्दो छिटो प्रभावकारी र सुरक्षित खोप विश्वभर सबैको पहुँचमा पुर्याएर मात्र यो महामारीवाट पार पाउन सकिन्छ। त्यसैले जब आफ्नो पालो आउँछ, ढुक्क भएर कोभिड–१९ विरुद्धको खोप लगाऔं, आफू पनि बचौं अनि अरुलाई पनि बचाऔं।

(डा. सन्तोष ढकाल, अमेरिकाको प्रतिष्ठित जोह्न्स हप्किन्स विश्वविद्यालयमा इन्पÞm्लुएञ्जा र कोरोना भाइरसको संक्रमण र खोपको उपयोगिताको क्षेत्रमा अनुसन्धानरत् छन्।)

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *