मोतिराम जयन्ती

डिसी नेपाल
२२ भदौ २०७८ २३:३८

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५५ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

विसं १९२३ भाद्र कृष्ण कुशेऔँशीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशेऔँशीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत् नेपालमा पत्रकारितको शुरुआत् भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन् । नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायमै रहेकाले जुम प्रविधिबाट कार्यक्रम गरिने परिषद्ले जनाएको छ ।

नेपाली भाषामा गजलको प्रारम्भसमेत गरेका कवि स्व भट्टको गजलमा प्रेम, नारी सङ्गत र सामिप्यता पाइन्छ । उनका गजलहरू शृङ्गार रसले भरिएका हुनाले नेपाली साहित्यकार र कविका माझ अत्यन्तै लोभलाग्दा छन् ।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले स्व भट्टको तस्बिरमा माल्यार्पण गर्दै नेपाली भाषा र साहित्यमा उनको योगदान अविष्मरणीय रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *