चार स्रष्टालाई मोती पुरस्कार

डिसी नेपाल
२६ भदौ २०७८ २२:४५

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको ‘युवा वर्ष मोती पुरस्कार–२०७७’ कवि नवोदितसहित चार स्रष्टा पुरस्कृत भएका छन् ।

यसैगरी, मोती पुरस्कार समालोचक महेश पौड्याललाई समर्पण गरिएको छ । पौड्याललाई पनि २०७७ सालको मोती पुरस्कार प्रदान गरिएको हो ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पुरस्कारका साथ संयुक्त रूपमा ५० हजार रुपैयाँ नगद र स्वर्णपदक तथा सम्मानपत्र पनि प्रदान गरिएको छ । पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुन् ।

त्यस्तै, २०७८ सालको मोती पुरस्कार जापानमा बसेर नेपाली साहित्यमा योगदान गरिरहेका प्रकाश पौडेल ‘माइला’ र काठमाडौं बसेर नेपाली भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्त्वपूर्ण योगदान गरिरहेका हेम प्रभासलाई प्रदान गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *