प्रचण्ड जनद्रोही बन्ने कि राजनेता ?

पूर्ण ओली
११ जेठ २०८० १०:३६

देशमा बहुदलीय ब्यबस्था आउनासाथ कुशासन र भ्रष्टाचार साथै राष्ट्रघातका कार्यहरु चर्कोरुपमा बढेको फाइदा लिएका थिए प्रचण्डले। यसले गर्दा बिद्रोहले छोटो समयमा जनसमर्थन बढाउन सफल भयो।

यही अबसरमा भारत र पश्चिमा मुलुकले आफ्नो एजेण्डा घुसाएर माओवादीलाई सहयोग गरे। यी सबै मिल्दै गएर देश भित्रका दलहरु पनि ज्ञानेन्द्र सरकारबाट तिरस्कृत भएको बदला लिँदै माओवादीसँग एकाकार भएपछि माओवादी बिद्राेह छोटो समयमै चरमोत्कर्षमा पुगेर अन्त्यमा शान्ति सम्झौतामा टुंगियो।

यसपछि देशले कोल्टे फेर्‍यो। राजसत्ता गएर दलहरुको एकक्षत्र शासन सुरु भयो। जसलाई भारत सरकारको निर्देशन र पश्चिमाको सल्लाह र सहयोगले अघि बढ्न थाल्यो।

नेताहरु जनतालाई बेवास्ता गर्दै बिदेशीको स्वार्थमा अघि बढ्न थाले। देशभित्र शिक्षा स्वास्थ्यमा गुणस्तर बृद्दि भएन। नयाँ उद्योग खुलेनन्। बेरोजगारी ह्वात्तै बढेर गयो। युवाहरु बिदेशीने क्रम ज्यादै बढेर गयो। गाउँघरमा युवाहरुको कमी भएर खेत बारी बाँझै रहन थाले।

उत्पादन घटेर खाद्यान्नमा खरबौंको बिदेशी रकम खर्च गर्न थालियो। बिदेशी ब्यापार घाटा र ऋण खरबौं पुगेको छ। देशको यो हालत पुर्‍याउनमा बहुदलीय ब्यबस्था आएपछि सत्तामा पुगेका काँग्रेस र कम्युनिष्टहरु नै जिम्मेवार छन्।

यिनीहरुले एक अर्कालाई दोष लगाएपनि नेतृत्वमा रहेका नेता, मन्त्री, प्रधानमन्त्रीहरु भ्रष्टाचार र बिदेशीको दास बन्न कोही कम छैनन्। यसमा कर्मचारीतन्त्रको पनि त्यत्तिकै दोष छ।

हामी भारतबाट सीमालगायत धेरै कुरामा पेलिएका छौं। भारतले सिमाना ब्यबस्थित गर्ने कुरा कहिले अघि बढाउँदैन। देशका यी तमाम समस्या प्रचण्ड सरकारले चाहेमा धेरै गर्न सक्छ। त्यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्पष्ट कुरा राख्ने हिम्मत प्रचण्डसँग हुनुपर्छ।

यिनीहरुले भ्रष्टाचार गर्नलाई बजेटको अरबौंको रकम कागजपत्र मिलाएर खान नेतालाई नसिकाएको भए आज भ्रष्टाचारले चरमरुप लिने थिएन। किसानले पाउने अनुदानको रकम दलालले मात्र पाउने थिएनन्।

बिकास बजेट ठेकेदार, नेता तथा कर्मचारी मिलाएर आपसमा लुट्ने अनि समयमा योजना नसकिएको भनि योजनाको रकम बढाएर खान सिकाउने पनि उनै भ्रष्ट कर्मचारी नै हुन्। ट्रेड युनियन बनाएर कर्मचारी र शिक्षकहरुलाई राजनीति दलका कार्यकर्ता जस्तो बनाइएको छ।

जसले गर्दा उनीहरुले जतिसुकै भ्रष्टाचार गरेपनि कसैले पनि कारवाही गर्न सक्दैनन्। कच्चापदार्थमा आधारित उद्योगहरु देशमा संचालन गर्नुपर्नेमा कच्चा पदार्थ निर्यात गरि तयारी सामान देशमा पैठारी गर्ने गलत नीति बनाइन्छ।

बिजुलीबाट चलाउन सकिने धेरै उद्योगमा आज बिद्युतको कमी छ। हामी बिजुली निर्यात गर्न हतारिन्छौं। देशमा जडिबुटीको अपार खानी छ, त्यसलाई औषधि बनाएर निर्यात गर्नुभन्दा हामी जडिबुटी नै सस्तो मा बिक्री गर्छौं। बिकसित देशहरुले गाँजाको औषधिबाट अरबौं डलर कमाउँदा हामी गाँजा खेतीलाई वैध गर्ने हिम्मत गर्दैनौं।

हामी भारतबाट सीमालगायत धेरै कुरामा पेलिएका छौं। भारतले सिमाना ब्यबस्थित गर्ने कुरा कहिले अघि बढाउँदैन। देशका यी तमाम समस्या प्रचण्ड सरकारले चाहेमा धेरै गर्न सक्छ। त्यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्पष्ट कुरा राख्ने हिम्मत प्रचण्डसँग हुनुपर्छ।

केही समय पछि नयाँ बजेट आउँदैछ। सरकारले किसानका हितमा धेरै कुरा गर्न सक्छ। अहिलेको प्रचण्ड सरकारले चाहेमा उत्पादनसँग जोडिने धेरै बिषयमा लगानि गरेर किसानको उत्पादन बढाउन सक्छ।

अधिराज्यभर ठूला र साना सिचाईंका योजनाहरु अभियानका रुपमा संचालन गर्न सकिन्छ। युरिया मल कारखाना चलाउन बिजुली पर्याप्त चाहिन्छ। त्यसकालागि योजनाबद्ध तरिकाबाट मल कारखाना खोल्न आवश्यक बिद्युत आपूर्ति गरेर मल कारखाना खोल्ने कार्यक्रम सुरु गरियोस्।

प्रत्येक पालिका भित्रका वडाहरुमा एउटा एउटा अग्र्यानिक या कम्पोस मल उत्पादन गर्ने कारखाना खोलियोस्। किसानका उत्पादन सरकारले खरिद गर्ने या बजारको ब्यबस्था गरियोस्।

मल, बिउ तथा अनुदानको रकम वडामार्फत किसानलाई प्रत्यक्ष्य दिन मिलाइयोस्। यति कार्य गरेमा किसानको उत्पादनमा सहज बृद्धि हुनेछ।पार्टीका कार्यकतालाई अनिवार्य रुपमा कुनै न कुनै रुपमा ब्याबसाय गरेर आफ्ना खुट्टामा उभिन लगाइयोस्।

जसले गर्दा युवाहरुलाई राजनीतिलाई कमाई खाने भाँडो नबनाउन्। कर्मचारी र शिक्षण संस्थामा कुनैपनि दलीय ट्रेड युनियन खोल्न प्रतिबन्द लगाइयोस्। यसले पनि सुशासनमा मद्दत पुर्‍याउनेछ।

निकट भविष्यमा प्रधानमन्त्री भारतको भ्रमणमा जाने योजना छ। त्यसबेला प्रधानमन्त्रीले नेपालको हितमा धेरै कुरा भन्न र गर्न सक्छन्। लामो समयदेखि भारतले पेण्डिङमा राखेको इपीजीको प्रस्ताव भारतीय प्रधानमन्त्रीले हेर्ने र त्यसमा उल्लेख भएका बुँदामा छलफल गरि कार्यन्वयन गर्न सहमत गराउने।

यदि यो बिषयमात्र अघि बढाउन सके प्रचण्डको भारत भ्रमणलाई सफल मानिनेछ।  कालापानी लिम्पियाधुरा तथा लिपुलेक नेपालको हो यसलाई हामी फिर्ता गर्छौं या कुनै अन्यत्रको जग्गा दिएर सट्टा पट्टा गर्छौं भनेर भारतले भनोस्। यसका लागि बलियो कुटनीतिक पहल शुरु गरिहाल्नु पर्छ।

अर्को बिषय नेपालको बनिसकेको भैरहवा एयरपोर्टको लागि उडानको छोटो बाटो दिइयोस् भनि माग गर्नुपर्छ। यो भारतको लागि कुनै अपठ्यारो बिषय होइन। उसले खाली नेपाललाई फाइदा पुग्ने काममा बाधा पुर्‍याएको मात्र हो।

जुन भारतले अहिलेसम्म गर्दै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टको बिकल्पमा बनाउन लागिएको निजगढ एयरपोर्टको लागि कुनै बाधा नपुर्‍याइयोस् भनि भारतलाई अनुरोध गरियोस्।

अहिलेसम्म कहिले बातावरण कहिले सर्बोच्चोको कारणले अघि बढ्न नसकेको निजगढ बिमानस्थल नेपालको लागि अत्यन्त महत्वपूर्ण कार्य हो। यो बिमानस्थलमा बिदेशी यात्रुलगायत जहाज पनि धेरै आउन सक्छन्।

यसबाट नेपालमा पर्यटक बढ्न जानेछन्। यही बिमानस्थलको लागि बनाउँदै गरिएको फाष्ट ट्राकको महत्व पनि बढ्नेछ। यो बिमान निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष्य भारतको प्रभाव रहेको छ।

बिषय धेरै छन् प्रचण्डजी तर तपाईंको फितलो बानी र सत्ताको लागि जेपनि गर्ने र बोल्ने बानीले तपाईं चिप्लिन समय लाग्ने छैन। त्यसैले भारतसँग लिन भन्दा दिन अग्रसर नहुनुहोस्। नेपालले पानी, जमिन, युवा सबै दिइसकेका छौं।

अब देशलाई भुटाउन बनाउन मात्र बाँकी छ। त्यसैले होसियार हुनुहोस्। त्यसैले तपाईंलाई बिगतमा लागेको आतंकाकारी बिल्ला सधैं बोकेर हिँड्ने कि देशलाई पनि केही योगदान दिने मौका छ गरिहाल्नुहोस्। शायद यो मौका नै अन्तिम हुन सक्छ।

माओवादी पार्टी एक्लै चुनावमा गएमा अब सकिन्छ पनि होला किनकि पार्टीको संगठन राम्रो छैन। तल्लोस्तरका कार्यकर्ता त्यति भरोसादार छैनन्।

माथिकाले पैसा कमाएको देखेर तलकाले पनि जग्गालगायतमा बिभिन्न दलाली र चन्दा उठाउने भन्दा अरु गतिला काम गर्न जानेका छैनन्। संगठन एमालेको राम्रो छ। सक्नुहुन्छ भने एमालेसँग मिलेर अघि बढ्दा यहाँको पार्टिलाई फाइदा पुग्ने थियो।

तर तपाईं शेरबहादुरको मण्डलस्मा फस्नु भयो। त्यहाँ पनि रामचन्द्र, कृष्णप्रसाद सिटौलाहरुलाई चुनाव नजित्नै एकिन भएपछि गठजोडमा जान बाध्य भएका थिए।

त्यसबाट रामचन्द्र उम्केपनि झापामा राजेन्द्र लिङदेनको लोकप्रियता र एमालेको सहयोग प्राप्त गरेपछि गठजोड भएर पनि सिटौलाजी हार्नु भयो। माओवादी पनि एमालेसँग मिलेर निर्बाचनमा गएको भए अहिलेको भन्दा डबल सांसदका पद माओवादीसँग हुने थियो।

एमालेसहितको बहुमतको सरकार बनेर देशले सही बाटो लिन सक्थ्यो। तपाईंले नै गठजोड बदल्दा आज ६ महिनापछि मात्र संघीय सरकारले पूर्णता पाएको छ। प्रदेश सरकारहरु अझै अस्थिरतामा छन्।

कहिले सरकार बनिसक्ने अनि बिकासका कार्यक्रमहरु सुरु गर्ने?  त्यसैले छविलालजी तपाईंले अब परिवार, पार्टी तथा गठजोड बिर्सेर भएपनि देशको हितमा सही निर्णय लिनुहोस्। किसान, बिद्यार्थी तथा युवाहरुको हितमा ठोस निर्णय लिनुहोस्।

भ्रष्टहरुको दोहोलो काट्ने गरि काम गर्नुहोस्। त्यसका लागि संबैधानिक अंगहरुमा दलीय भागबण्डामा होइन खुला प्रतिश्प्रर्धा गर्ने या निश्पक्ष क्षमतावान् ब्यक्तिलाई मात्र मौका दिनुहोस्।

कमसेकम अहिले नक्कली भुटानी शरर्णार्थी काण्डमा कसैलाई पनि नछोड्ने गरि कार्य सम्पन्न गर्नु भएमा मात्र पनि माओवादी पार्टीलाई फाइदा पुग्ने छ। तर पूर्व प्रधानमन्त्री, निजका श्रीमतीको नाम आउँदा समेत कमसेकम सोधपुछ त गर्नुपर्थ्याे तर गरिएन।

कतिपय ठूला नेता र तीनका पिएलाई छुन नसक्नु यहाँको सत्ताको लोभ देखिन्छ। यही कमजोरीले प्रचण्डको राजनेता बन्ने मौका गुम्दैछ। तपाईंलाई अब कसको लागि सम्पति आर्जन गर्नु छ? कुन ठूलो पद पाउनु छ?

तीन पटक काम गरे पनि नगरेपनि नेपालको प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो झुण्ड्याइ सक्नु भएको छ। भएको एउटा छोरा युवा अबस्था मै निधन भइसके। श्रीमतीको अबस्था नाजुक छ।

छोरी ज्वाइँको राम्रो ब्यबस्था गरिसक्नु भएकै छ। त्यसैले अब अर्जुनदृष्टि सिर्फ नेपाल र नेपाली जनताको हितमा लगाउनु होस्। यसैमा छ प्रचण्ड आतंककारी मात्र बनिरहने कि राजनेता बन्ने अन्तिम निर्णय पुष्पकमल दाहाल कै हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *