समीक्षा : जीवन र जगतप्रति विजयकुमारको ‘सम्वन्धहरु’ – Dcnepal

समीक्षा : जीवन र जगतप्रति विजयकुमारको ‘सम्वन्धहरु’

भनिन्छ, लेखकले कसैप्रति आग्रह पूर्वाग्रह राख्नु हुुँदैन। लेख्न सुरु गर्दै म यो स्विकार्छु कि यसमा आग्रह देखियो भने सही हुनेछ। मैले लेख्न लागेको व्यक्तिको नाम विजयकुमार हो। र, विषय हो उहाँको दोश्रो पुस्तक सम्वन्धहरु।

अखवारी लेखनमा प्रायः सबै व्यक्तिलाई तिमी सम्वोधन गर्ने चलन छ। लोकतन्त्र प्राप्तिपछि शासक र शाषित एकै भएको अर्थमा सम्वोधनको यो अभ्यास सुरु गरिएको हो। लेखमा पनि म विजयकुमारलाई तिमी सम्वोधन गर्न सक्दिन, यो मेरो आग्रह हो।

लेख्न बसेको पुस्तकबारे हो। तर विजयकुमारका बारेमा जानेको कुरो नलेखि पुस्तक समीक्षा लेखियो भने त्यो पनि पूर्ण होला जस्तो लाग्दैन। मैले चिनेको विजयकुमारका बारेमा केही लेख्न करिव दुई दशक अघिको खाता पल्टाउनुपर्छ।

सन्ध्याकालीन महानगरमा काम गर्थेँ म त्यसताक। दशैंको छेको थियो। कान्तिपुर पव्लिेकेशन्सले ‘नेपाल पाक्षिक’ प्रकाशन गर्ने कुराले कम्तिमा पत्रकारिताको बजार तातेको थियो। पहिलो कारण, विजयकुमारको सम्पादकत्व र दोश्रो कान्तिपुरको रजगज। कान्तिपुर दैनिकमा संवाददाता आवश्यकता सम्वन्धि विज्ञापन छापियो जो निस्कन लागेको म्यागाजिनका लागि थियो।

जागिर पाउँ भन्दै दरखास्त हाल्नेको संख्या पाँच सय पुगेको हल्ला थियो। तीन पटकको लिखित र मौखिक परीक्षा पास गरेपछि राजाराम गौतम, ध्रुव सिम्खडा, हरि अधिकारी र म छानियौं। हरि अधिकारीले पास भएको केही दिनमा नै जागिर छोडे।

अन्तिम अन्तर्वार्ताको दिन कैलाश सिरोहिया, विनोद ज्ञवाली, प्रतीक प्रधान, नारायण वाग्ले लगायतले विविध प्रश्न गरेका थिए। सबैका प्रश्न विर्षिएँ मैले। कैलाश सरले सोधेको सम्झन्छु, महानगरमा काम गरिरहेको मान्छे यहाँ आएपछि पनि छोड्ने नै होला। मैले जवाफ फर्काएँ-महानगरभन्दा यहाँ राम्रो हुन्छ भनेर आउन लागेको। यो भन्दा राम्रो पाएँ भने छोड्छु। कडा भएपनि मेरो जवाफ इमान्दार थियो।

विजय सरले निधारको छेउमा आएको कपाल डल्लो पार्दै आँखा तिखा पारेर सोध्नु भो, लजिक र आर्गुमेन्टमा के फरक छ? मैले गोलमटोल जवाफ दिएँ। अरु जवाफ जस्तो टवाक्क भन्न सकिन। त्यो क्षणदेखि विजय सरसँग बनेको हरुवा मनस्थिति आज पर्यन्त जिउँदै छ।

विजय सरसँग काम गरेका बेलाको अनुभव लेख्न थाल्दा २/४ वटा लेख यसै बन्छन्। एकपटक राजारामजीलाई साक्ष्ीा राखेर ध्रुवजी र मैले सल्लाह गरेथ्यौं विजय सरको कार्यकालको बारेमा संयुक्त किताब लेख्ने। यसको पनि कारण छ, पहिलो विजय सरकाप्रतिको हाम्रो धारणा आम मान्छेको भन्दा फरक थियो, जो संगतबाट प्राप्त थियो।

विजयसर काम नहुँदा कपाल डल्लो पार्दै आफ्नो कार्यकक्षबाट बाहिर निस्कने द्वारसम्म पुग्ने फेरि उसैगरी भित्र पस्ने गर्नुहुन्थ्यो। बाटैमा भेट भएका राजेन्द्रबहादुर मेरो कुर्सीतिर आए, विजय सर पनि। हातको नेपाल म्यागेजिन देखाउँदै मेरै अघि भने, ‘विज्ञापन आउने ठाउँको गलत समाचार लेख्नुभएछ, उहाँलाई हटाउनु पर्यो। विजय सरले नाकका पोरा फुलाउँदै भन्नुभो, ‘मेरा संवाददाता हटाउने कि राख्ने निर्णय तपाईँले गर्ने होइन। तपाई यहाँबाट जान सक्नुहुन्छ

दोश्रो, पत्रकार र अरु मान्छेको विजय सरकाप्रतिको रुचि ठूलो थियो। उहाँको क्रेज कतिसम्म थियो भने तीन सय शव्दमा लेखिएको नेपाल म्यागेजिनको संपादकीय पढ्न मानिसहरु फोटोकपी गर्थे। यस्ता व्यक्तिका बारेमा लेखिएको कुरो सबले पढ्थे होला।

हामीले विजय सरसँग तीन वर्ष काम गर्यौं। कुनै पनि कार्यालयमा उहाँ यति लामो समय निरन्तर काम गर्नु भएको छैन। यसर्थ पनि उहाँलाई धेरथोर चिन्नेमा हाम्रो नाम अग्रपंक्तिमा आउँदो हो। कुरो जे भएनि पुस्तक लेखिएन।

पुस्तक लेख्न पुग्ने सामाग्री भएका व्यक्तिको बारेमा लेख्न संभव छैन यहाँ। फेरि म त उहाँकै पुस्तकबारे लेख्न बस्या हो। तर केही कुरा भने नेपाल कालकै राख्छु। म्यागेजिन भर्खर निस्कन थालेको थियो। छपाउन दिल्ली पठाइन्थ्यो। त्यसबेला कान्तिपुरसँग त्यस स्तरको छापाखाना थिएन। चिल्लो कागजमा १५ दिनपछि पत्रिका भित्रिन्थ्यो।

पत्रिका आइपुगेको दिन सम्पादकको कोठामा बैठक हुन्थ्यो। विजय सरको कार्यकक्ष पारदर्शी थियो, सिसाले बारेको। संभवत त्यति पारदर्शी कार्यकक्ष बनाउने पहिलो संपादक विजयकुमार नै हुनुपर्छ। त्यसबेला चाहेको भए प्रकाशककै हैसियतको कार्यकक्ष बनाउने छुट विजयकुमारलाई थियो भन्ने लाग्छ।

(यस कुराको पुष्टि सम्वन्धहरुमा विजय सर स्वयंले गर्नुभएको छ।‘फर्पिड्’ शिर्षकको पेज नं ३९ मा लेखिएको छ, ‘क्याप्टेन रामेश्वर थापाले आफू बसेकै तलामा, आफ्नो भन्दा राम्रो वातानुकुलित कक्ष दिएर राखेका थिए)।

अँ, एकदिन पत्रिका आएपछिको बैठक सकेर म आफ्नो कुर्सीमा बसिरहेको थिएँ, राजेन्द्रबहादुर सिंह हान्निएर आए। समय नलिई जो कोही नेपालको अफिस छिर्न पाउँदैन थिए। सिंह त्यो बेला कान्तिपुरको जनरल म्यानेजर थिए जस्तो लाग्छ । खररर पसे ।

विजयसर काम नहुँदा कपाल डल्लो पार्दै आफ्नो कार्यकक्षबाट बाहिर निस्कने द्वारसम्म पुग्ने फेरि उसैगरी भित्र पस्ने गर्नुहुन्थ्यो। बाटैमा भेट भएका राजेन्द्रबहादुर मेरो कुर्सीतिर आए, विजय सर पनि।

हातको नेपाल म्यागेजिन देखाउँदै मेरै अघि भने, ‘विज्ञापन आउने ठाउँको गलत समाचार लेख्नुभएछ, उहाँलाई हटाउनु पर्यो। विजय सरले नाकका पोरा फुलाउँदै भन्नुभो, ‘मेरा संवाददाता हटाउने कि राख्ने निर्णय तपाईँले गर्ने होइन। तपाई यहाँबाट जान सक्नुहुन्छ।र्’ आर्जिमोन मेक्सिकानो’ भन्ने पदार्थ मिसिएको खाने तेलबारेको त्यो स्टोरी आजसम्म मैले विर्षेको छैन।

राजेन्द्रबहादुर ढोकाबाट निस्किसकेका थिएनन् होला, म तिर हेरेर विजय सर बोल्नु भो, ‘बहिनी त्यो स्टोरी गलत हो कि होइन? मैले अरुबेला जति नडराई भने, भएकै विषय हो सर। उसो भए ठिक छ, बाँकी म सम्हाल्छु।’ यति भनेर उहाँ कपाल डल्लो पार्दै फर्किनु भो। मानिसहरु भन्थे, व्यक्तिका पछाडि विजयकुमारले कसैकाबारेमा नि नराम्रो भन्दैनन्, अगाडि नि ? म भन्न सक्दिन।

अघि नै उल्लेख गरियो, यस्ता प्रसड्ग जोड्दै गयो भने एउटा पुस्तक नै बन्छ। तर गर्न लागेको काम विजयकुमारकृत पुस्तक ‘सम्वन्धहरु’को समीक्षा हो। पूरै समिक्षा नि के भन्नु, पुस्तक पढेपछि आफूलाई लागेको केही कुरा उल्लेख गर्न चाहन्छु।

विजयसरको ‘सम्वन्धहरु’ बहुप्रतिक्षित पुस्तकमध्ये एक हो। यसका पनि मुख्य दुई कारण छन्। पहिलो, पुस्तक लेख्नका लागि प्रकाशकले सुरुमा नै भारी रकम दिएको हल्ला थियो। कोही लेखकले प्रकाशकबाट लेखनी अघि नै पाएको यो सर्वाधिक रकम हो भन्थे साहित्य फाँटका जानकारहरु।

दोश्रो, पहिलो पुस्तक खुशीले पाएको सफलता। खुशीले प्रतिष्ठित मदन पुरस्कार त पायो नै, सर्वाधिक बिक्री हुने नेपाली भाषाको पुस्तकको रेकर्ड पनि तोड्यो। उही खुशीको भातृ भगिनीका रुपमा आउन लागेको पुस्तक भएकाले पनि सम्वन्धहरुप्रति पाठकको रुचि र ध्यान दुवै भएको हुनुपर्छ।

सुनिए अनुसार विजय सरलाई साहित्यिक पुस्तक लेख्न फाइन प्रिन्टले सम्झौता गरेको थियो। लेख्दै जाँदा सम्वन्धहरु बन्यो। त्यो साहित्यिक पुस्तक लेखनीको क्रममा छ। कुरो जे भएपनि सम्वन्धहरु नामक पुस्तक पठनीय बनेको छ। केहीले यस पुस्तकलाई सरल र सरस पाराले लेखिएको दर्शनमा आधारित पुस्तक भनेर पनि सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।

पुस्तकमा १८ वटा शिर्षक छन्। हरेक शिर्षकले विविध विषय र विचार बोकेका छन्। मुलतः यस पुस्तकले समाज हेर्ने लेखकको दृष्टि देखाउँछ। प्रकृतिका नियम बुझ्ने मामलामा समयले व्यक्तिलाई फरक–फरक चेतनास्तर दिएको छ भन्ने सन्देश पनि पुस्तकले समेटेको छ।

विजयकुमारको लेखनीको तागत नै शब्दमा छ। जटिल र लेख्ने स्वयम्ले बुझ्ने शब्दप्रति उहाँको मोह छैन। विशेषण मन नपराउने लेखकमा विजयकुमारको नाम अग्रपंतीमा आउँछ जस्तो लाग्छ।

शिर्षक मध्ये केही उम्दालाई सारांशमा समिक्षात्मक टिप्पणी गर्ने अनुमति चाहन्छु।

पहिलो शिर्षक
सुम्निमा

विश्वप्रसिद्ध टेलिभिजन सिएनएनमा काम गरेर ख्याती कमाएकी सुम्निामाबारे यति लामो लेख लेख्नुमा तीनवटा कुराले विजयकुमारलाई घच्घच्याएको हुनुपर्छ। पहिलो, सम्निमाको बौद्ध दर्शनको रुची जसमा विजय सरको केही दशकयता देखिकै सम्लग्नता छ। दोश्रो दुवै जनाको व्यावसायिक पृष्ठभूमि टेलिभिजन हो। र, सुम्निामाको भारतीय कांग्रेस आइका अध्यक्ष राहुल  गान्धीसँगको निकटता।

सुम्निमासँगको अन्तरसम्वादपछि विजयकुमारको स्विकारोक्ति छ, राहुल गान्धीसँगको सम्वन्धबारे उनले खुलेर कुरा गरिन्। अर्काको व्यक्तिगत जीवनको चियोचर्चामा रुची राख्ने समाजका उपज हौं हामी।

कम्तिमा, विजयकुमार त्यस्ता व्यक्तिभन्दा पृथक भएका कारण यो प्रसंगले धेरै ठाउँ पाएको छैन। तर सबै कुरा थाहा पाएर पनि त्यो प्रसंग यतिकै छोडेको हो भन्ने दावी पनि छ। पुस्तक लेख्न बस्ने पृष्ठभूमि पनि सुम्निमासँगको भेटले दिएको छ।

यसै शिर्षकको अन्त्यतिर भनिएको छ, मैले हमेसा नारीलाई पुरुषभन्दा श्रेयस्कर मानें। आफ्नी आमा र श्रीमतीको प्रसंगमा यो वाक्य आएको छ। के चराचर जगत्को प्रसंगमा पनि विजयसरको यो भनाई कायम छ? प्रश्न उहाँलाई नै।

नतालिया

मदिराको स्वादमाथि अनुसन्धान गर्ने चिलीकी महिलासँगको संगतबारेको प्रसंग छ यसमा। लेखक र नतालिया चिनको एक विश्वविद्यालयमा भेट हुन्छन्। पहिलो भेटमा नै नतालिया लेखकको पिछा गर्छिन्, साथीको रुपमा। २३ पेजमा ब्याख्या गरिएको नतालिया, विजय सम्वन्धलाई गहिरिएर पढ्यो भने कुन विजय कुन नतालिया छुट्याउन गाह्रो पर्छ।

लेखक अल्कोहोलिक हुँदाको प्रसंग र मदिराको स्वाद चाख्ने जागिर खाएकीसँगको सम्वन्ध आफैंमा सुखद र नाटकीय लाग्छ। विजयकुमार नै नतालिया बनेर नारी सुलभता, सोच, जीवन एवं जगतकाप्रतिको दृष्टिकोण र पुरुषकाप्रतिको महिला हेराइ प्रष्टयाउन खोजेको प्रतित हुन्छ। र, एउटा सक्रिय जीवन जिएर सन्तुष्ट पुरुषले जीवनकाप्रति कस्तो भाव प्रकट गर्छ भन्ने कुरा दर्शाइएको छ।

करिव १९ वर्ष अघि मैले एक नेपाली महिलालाई असाध्य राम्री लेख्दा विजयसरले भन्नुभएथ्यो, यो भन्दा राम्री भेटे के विशेषण दिने? अहिलेलाई राम्री मात्र लेख्नु। यी भन्दा राम्री भेटे असाध्य लेख्नु। आज उहाँले आन्द्रियालाई बिछट्ट राम्री लेखेको देखेपछि म विश्वस्त भएँ, साँच्ची राम्री केटी भेटेको भए उहाँले बिछट्ट शब्द पछिलाई राख्नु हुन्थ्यो। कल्पनाकी आन्द्रियाको जति बखान गरे नि भो।

वार्तालापको अन्त्यतिर नतालिया भन्छे, ‘चिनियाँ बेइजिड डकको परिकार खवाउँछु तिमीलाई। लेखकको भनाइ छ, ‘म डक मन पराउँछु। मासु खान्न। मलाई पौडिरहेको हाँस देख्न पाए पुग्छ। यसमा हाँसलाई विम्व बनाएर धेरै कुरा भन्ने कोशिश गरिएको छ। अर्थात यसो भनौं, जो पाठकले जति बुझ्छ त्यति नै ब्याख्या गर्ने ठाउँ छ।

फर्पिङ

अन्नपूर्ण मिडिया हाउसको ग्रुप एडिटरबाट राजीनामा दिएको दिन बेलुका फर्पिङ बस्न गएको प्रसंग छ, यसमा। वर्षदिन बसेर उक्त मिडिया हाउस छोड्नुको कारण सिधै भनिएको छैन।

उमेर पुगिसकेका प्यासेन्जरले भरिएको पुरानो गाडीलाई जतिसुकै ठोकेर डेन्टपेन्ट गरेपनि, त्यो एक निश्चित गतिभन्दा बढी कुद्न सक्दैन। यसको अर्थ हो, अखवार र यसका भगिनी संस्थाको उन्नती एकहदसम्म भइसक्यो। हुने जति हो, यति हो।

नेपाली मिडियाका मालिक र चम्चाका रुपमा विराजमान संपादक (केहीलाई छोडेर) को चमकदमक र फुर्तिफार्तिप्रति विजयकुमार भालिभाँती जानकार हुन् भन्ने कुरामा सन्देह छैन। सम्पादककाप्रति उहाँको कटाक्ष छ, कानुनको क नपढी न्यायधीश हुन पाइन्छ। अझ महत्वपूर्ण कुरा त के हो भने, नेपाल बिग्रियो भन्दै आफू बन्ने सुनौलो अवसर यिनै संपादकसँग छ। गैरहकदारको छातीमा जति ठूलो तक्मा, उति ठूलो कवाड।
योगिनी

फर्पिङस्थित गुम्वाको बासका क्रममा भेटिएकी महिला हो, आन्द्रिया स्मिथ योगिनी। नेपाली आमा र इटालियन बाबुकी छोरी आन्द्रिया नै विजयकुमारको दोश्रो रुप हो जस्तो लाग्छ, पढ्दा।

करिव १९ वर्ष अघि मैले एक नेपाली महिलालाई असाध्य राम्री लेख्दा विजयसरले भन्नुभएथ्यो, यो भन्दा राम्री भेटे के विशेषण दिने? अहिलेलाई राम्री मात्र लेख्नु। यी भन्दा राम्री भेटे असाध्य लेख्नु। आज उहाँले आन्द्रियालाई बिछट्ट राम्री लेखेको देखेपछि म विश्वस्त भएँ, साँच्ची राम्री केटी भेटेको भए उहाँले बिछट्ट शब्द पछिलाई राख्नु हुन्थ्यो। कल्पनाकी आन्द्रियाको जति बखान गरे नि भो।

मरुभूमिको सपना देख्नेहरु

फर्पिङको हरियाली छोडेर कतारको तातोमा जाने सपना देखेको युवा हो, आकाश। बिधवा आमा पाल्ने, बहिनीले पढेर नर्स बनोस , भाइलाई नि उच्च शिक्षा दिलाउने सपना छ आकाशको। उसो त झट्ट सुन्दा यी सपना पूरा गर्न मुश्किल हुने देखिँदैन। भनेर के गर्नु? खाडी चहार्न नगई सपनालाई वास्तविकतामा बदल्न असंभव नै छ।

आकाशलाई लेखकको प्रश्न छ, के तिम्रा सपना यही हरियालीबीच रहेर पूरा गर्न सकिन्न? नेताको भाषण र अखवारको लेखमा सकिन्छ। आकाशको जवाफ सटिक हुनुमा यो विजयकुमारको मन बोलेको हुन सक्छ।

स्त्री र पुरुष

अघिल्लो पुस्तक खुशी सफल भयो। केही महिलालाई होच्याएको आरोप लाग्यो लेखकलाई। सम्वन्धहरुमा भरिसक्य महिलालाई विशिष्ट देखाउन खोजिएको छ। तर पश्चिमाको महिलावादलाई सुझ न बुझ स्विकार्न खोज्दा नेपाली महिलाहरु अलमलमा परेको आरोप भने लगाइएको छ। नेपाली औसत पुरुषको महिलावादबारेको बुझाई छिपछिपे छ। अरु कुरामा अब्बल भए पनि विजयकुमारको यो बुझाइ आम पुरुषको भन्दा फरक छैन।

योगिनीको मुखबाट यहाँका महिलालाई हल्का गाली गरिएको छ । पुरुषका कारण महिलाले दुःख पाएको भन्ने लाग्थ्यो योगिनीलाई। अहिले विचार बदली। योगिनी भन्छे, ‘पुरुष निन्दाको एकसुत्रीय मन्त्रले हामीलाई समाधान दिँदैन भन्ने बुझ्न थालेकी छु।’

केही वर्षयता बुद्ध दर्शनको ज्ञानले ध्यानी, ज्ञानी र मनोमानी बनाएको बुझ्न सकिन्छ। सम्वन्धहरुका २६० वटा पानाले त्यही कुराको संकेत गरेका छन्। रमाइलो कुरा, किताब पढ्नेको जुन विवेक र ज्ञान छ, पुस्तकले सोही कुरा नै व्याख्या गर्छ। एकपटक पढ्दा बोक्रा मात्रै ताछिन्छ। एकपटकमा चित्त बुझाउने कि नबुझाउने तपाइको इच्छा।

उसो त नेपालका महिलावादीले पुरुषको सत्तो सराप गरेको होइन। यो पृथ्वी सबैकालागि हो, उसैगरी यसमा भएका स्रोत साधनमा भोगचलन गर्न पाउँ भनेको हो। पँहुच सबैको बराबर हुनुपर्छ भनिएको हो। यसो भन्दा पुरुष अहममा ठेस लाग्छ । भएको यति हो।

महिलामाथि अत्याचार गर्ने कुरामा पुरुष एक्लो इकाइ होइन। धर्म, संस्कृति, अर्थ, सामाजिक र राजनीतिक व्यवस्थाका अन्य आयामलाईसँगै राखेर हेर्नुपर्ने तर्क योगिनीको छ। यो तर्क लेखकको पनि हो।

निश्चय नै आजका महिलामाथि पुरुषबाट जे जस्ता थिचिमिचो भएका छन् ती रातरात विकसित भएका होइनन्। तर के चाहिँ सत्य हो भने, हिजोका पुरुषले ज्ञान अज्ञानले पृथ्वी भालेहरुको मात्रै हो भन्ने ठाने आजकाले त्यो सोच गलत हो भनेर सिधै स्विकारे हुन्न? प्रश्न ती पुरुषलाई जो महिला र पुरुष बराबर हुन् भन्ने ठान्दैनन्।

नकाव

समाजमा नकावधारीको संख्या बढिरहेको अनुभूत त हामीले गरेकै हो। विजयकुमारले चिनेका नकावधारीहरु उहाँकै शव्दमा स्वाभिमान, अभिमान र घमण्डबीच रहेका मसिना सीमा रेखा छुट्याउने तहमा समेत छैनन्। मिडियाको विश्वसनियता ओरालो लागेको राम्रो हो र?

आकाशले प्रश्न गर्दा विजयकुमारको जवाफ छ , राष्ट्रका तिनै अंग संसद, सरकार र अदालतमा मूल्यमान्यता ओरालो लागिरहेको वर्तमान समयमा चौथो अंग अपवाद स्वरुप उकालो लाग्छ भन्ने अपेक्षा आफैंमा टु मच हो।

उल्लेखित अंगले बाटो बिराए सतर्क गराउने चौथो अंग यानि कि मिडिया चलाउनु र चप्पल कारखाना चलाउनु उस्तै उस्तै हो कम्तिमा वैस्वयुगमा भन्ने सुनेपछि पनि किन तर्क गरिराख्नु?

सामाजिक संजालमा नक्कली अकाउन्टमार्फत कि त आफ्नो प्रशंसा गर्ने कि मन नपरेकालाई मर्नेगरी गाली गर्ने दुवै कर्मबाट आफू टाढा रहेको तर त्यस्ता नकावधारी हुँडारलाई चिन्न भने गाह्रो नभएको प्रसंग यसमा छ। जो वर्तमानको वास्तविकता हो।

सञ्जाले लतबाट मुक्ति

पछिल्लो समय युवा पुस्ता सामाजिक सञ्जालको भूमरीमा फसेको या आफू स्वयं त्यसको हिस्सा बनेको हामीलाई ज्ञान छ नै। तर यस्तो ज्ञान जो अरुलाई बाँड्न काम लाग्छ, अपनाउन मुस्किल। यस शिर्षकमा अन्त्यहीन, अर्थहीन, मानसिक कबड्डीका लागि आमन्त्रण गरिएका जिज्ञासुको जुलुश लाग्ने कथन छ लेखकको। यो सोह्रैआना सही पनि हो।

विहान उठेदेखि राती नसुतेसम्म हाम्रो ध्यान कि त कसैको आरधना गर्नमा केन्द्रित छ कि त कसैको निन्दामा। कि त कालो रङ कि त सेतो। विचमा खैरो धर्सो हुन्छ भन्ने हेक्का नै छैन। सामाजिक सञ्जालमा अलमलिनेकानिम्ती लेखकको भनाइ।

वनैभरी फेसबुके देख्छु
मनैभरी ट्विटे गन्छु
म त बेकार भएछु।

उल्लेखित शिर्षक बाहेक अरु छन् सेल्फ राइचियस, एकान्तमा हामी नाङ्गै हुन्छौं, स्टाटसको घोप्टे संसार, बालै फरर, बिग ब्याड्, सन्तान २, मृत्यु, जाने बेला, आभार। जन्म, मृत्यु र प्रेममा जीवन बाँधिएको हुन्छ भन्ने लेखकको निचोड छ। त्यो निचोड जो मैले बुझेको हो। सत्य त्यो नहुन पनि सक्छ। प्रेमको परिभाषा बडो सटिक छ। अपेक्षारहित दिँदै जाने कर्मको अर्को नाम।

अहिले जीवन र जगतकाप्रति स्पष्ट दृष्टिकोण राख्ने विजयकुमारलाई विगतमा जानेमाने, एक घमण्डी पत्रकार र अल्कोहलिकका रुपमा चिनिन्थ्यो। पत्रकारका रुपमा उहाँको नामले सधैं डिस्टिङ्सन ल्याउनेमा शंका छैन।

केही वर्षयता बुद्ध दर्शनको ज्ञानले ध्यानी, ज्ञानी र मनोमानी बनाएको बुझ्न सकिन्छ। सम्वन्धहरुका २६० वटा पानाले त्यही कुराको संकेत गरेका छन्। रमाइलो कुरा, किताब पढ्नेको जुन विवेक र ज्ञान छ, पुस्तकले सोही कुरा नै व्याख्या गर्छ। एकपटक पढ्दा बोक्रा मात्रै ताछिन्छ। एकपटकमा चित्त बुझाउने कि नबुझाउने तपाइको इच्छा।

 

 

 

 

 

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो