नेपालमा बाँडिने साहित्य पुरस्कारको खाम भित्र पैसा हुँदैन : हरि अधिकारी

तर्कबहादुर थापा
३० असोज २०७८ ११:४४

‘मदन पुरस्कार ७० प्रतिशत गलत किताबलाई दिइएको छ,’ साहित्यकार तथा पत्रकार हरि अधिकारी नेपालमा वितरण हुने साहित्यिक पुरस्कारको बारेमा आफ्नो अनुभव बताउँदै थिए। करिव ५० वर्ष नेपाली साहित्यमा कलम चलाएका अधिकारीको पछिल्लो पुस्तक ‘हरि अधिकारीका संकलित गद्यरचनाहरु’ ले एनआरएनएद्वारा भरखरै स्थापना गरिएको अरनिको पुरस्कार पाएको छ।

डिसी नेपालको शनिबारीयका लागि कुराकानी गर्न स्टुडियोमा पुगेका उनले ‘अरनिको पुरस्कार’ पनि आफूले अपेक्षा नराखेको तर, पाएको अनुभव सुनाए। उनले भने, ‘मलाई पुरस्कार प्रति कहिलै आशक्ति भएन। अरनिको पुरस्कार पनि फोनमा कुरा भयो। मैले आफू अमेरिका गएर बसेको ३ वर्ष भएको र २०७७ सालमा आफ्नो पुस्तक प्रकाशन गरेको कुरा बताएको हुँ। पछि पुरस्कार घोषणा भएछ। अब हातमा आउन बाँकी छ।’

अरनिको पुरस्कारका लागि एनआरएनले लेखेको पुस्तकमात्र योग्य हुने गर्दछन्। २०७८ सालमा स्थापना भएको अरनिको पुरस्कारले पहिलो कृतिका रुपमा अधिकारीद्वारा लिखित पुस्तकलाई छनोट गरेको हो।

अरनिको पुरस्कार प्राप्त अधिकारीको कृति ‘हरि अधिकारीका संकलित गद्यरचना’ निबन्धहरुको संग्रह हो। उनले आफूले निबन्ध र प्रवन्धको संकलन हो भनेका छन्। उनी उक्त पुस्कतलाई लामो साहित्य यात्रामा गद्यको बान्की भनेर पनि उक्त पुस्तकको परिचय दिन्छन्।

‘अझ कतिपयले आधाआधाको सर्तमा पनि पुरस्कार प्राप्त गरेका छन्। मैले आर्टिकल पनि लेखेको छु मदन पुरस्कार अहिलेसम्म ७० प्रतिशत गलत किताबलाई दिइएको छ। उनीहरुले आफ्नो मान्छे, वा कसलाई उचाल्ने भन्ने तरिकाले मदन पुरस्कारको वितरण गर्दै आएका छन्। पुरस्कार पाउन पनि भनसुन् चाहिन्छ। मैले त्यो गर्दैन त्यसैले पाउँदैन।’

अधिकारीले उक्त कृतिमा विषय विविधता, यात्रा वर्णन, व्यक्ति चित्र, निजात्मक अनुभूति समावेस गरेका छन्। निबन्धको पुस्तकले पुरस्कार पाए पनि उनी आफूलाई कवि नै भन्न रुचाउँछन्।

‘नेपालमा वितरण गरिने साहित्य पुरस्कारको खाम भित्र पैसा हुँदैन,’ उनले सुनाए, ‘अझ कतिपयले आधाआधाको सर्तमा पनि पुरस्कार प्राप्त गरेका छन्। मैले आर्टिकल पनि लेखेको छु मदन पुरस्कार अहिलेसम्म ७० प्रतिशत गलत किताबलाई दिइएको छ। उनीहरुले आफ्नो मान्छे, वा कसलाई उचाल्ने भन्ने तरिकाले मदन पुरस्कारको वितरण गर्दै आएका छन्। पुरस्कार पाउन पनि भनसुन् चाहिन्छ। मैले त्यो गर्दैन त्यसैले पाउँदैन।’

आफूलाई कवि हुँ भन्न रुचाउने अधिकारी बहुविधामा कलम चलाउन सक्ने क्षमता राख्दछन्। लेखनीमा क्षमताभएकालाई कुनै विधाको सिमानाले नरोक्ने उदाहरण हुन् अधिकारी। राष्ट्रिय कविता प्रतियोगीतमा २०२६ सालमा पहिलो पटक प्रथम पुरस्कार उचाल्न सफल भएका अधिकारीको औपचारिक साहित्य पुस्तकका रुपमा कथा संग्रह बजारमा छ।

‘२०२६ सालमा राष्ट्रव्यापी भएको कविता प्रतियोगितामा पहिलो स्थान हासिल गरेको थिएँ,’ भक्तपुर निवासी अधिकारीले भने, ‘२०२७ सालमा पनि प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमा पनि प्रथम भएँ।’ राष्ट्रव्यापी भएका कविता प्रतियोगितामा प्रथम भएपछि औपचारिक साहित्यमा अधिकारीको प्रवेश भएको छ।

उनका तीनवटा कविता संग्रहसहित ८ वटा कृतिहरु बजारमा छन्। अधिकारीका कविता संग्रहहरुमा ‘संसदमा एकदिन’ ( २०५६), साझा प्रकाशनले प्रकाशित गरेको ‘हरि अधिकारीका कविता’ (२०६३) फाइन प्रिन्ट बजारमा ल्याएको ‘गाम्रेन्ट की गायत्री’ (२०६६) रहेका छन्।

साझा प्रकाशनले प्रकाशित गरेको कविता संग्रहले उत्कृष्ट कृतिको पुरसकार पनि पाएको थियो। पुरस्कारमा त्यतिधेरै विश्वास नगर्ने अधिकारीले थुप्रै पुरस्कार पाएका छन्। ‘मन्त्रालयले दिने पुरस्कार पाएको छैन,’ नेपालमा पाइने पुरस्कारको लागि आफूले भन्नु पर्ने कुरा सुनाउँदै उनले भने, ‘म कांग्रेस समर्थक हो। कांग्रेस धेरै पटक सरकारमा गयो। मेरा भाइहरु नै मन्त्री भए। खोजेर पुरस्कार उनीहरुले दिएनन्। म छु भनेर मैले भन्न गइन्। नेपलमा पुरस्कार पाउन पनि म छु है भनेर जानु पर्ने रहेछ। मलाई चाकडीको पुरस्कार चाहिएको पनि छैन।’

२०४० सालमा बजारमा आएको ‘रामलालको आकास’ उनको पहिलो कृति हो। कथा विधामा पहिलो कृति लिएर कृतिगत साहित्य बजारमा आएका अधिकारीको अर्को कथा संग्रह ‘प्रतिनायक’ २०७३ सालमा प्रकासनमा आएको थियो।

‘रामलालको आकास छाप्ने बेला म पश्चिमतिर थिएँ। भक्तपुरकै भाइहरुले संकलन गरेर छापेका हुन्। २०४० सालमा पहिलो कृति आएको हो।’ नेपाली कथाको बजारमा रामलालको आकासले छुट्टै उचाईँ कायम ग¥यो। अहिले पनि अधिकारीलाई अनुभव छ, ‘ल है एउटा पढ्न लाएक कथाकार आएछ बजारमा भन्ने सुन्थेँ। खुसि लाग्थ्यो।’

साहित्य प्रतिको लगाव, लगन, अभिरुचि, आशक्तिका कारण विधाको सिमाना तगारो नभएका साहित्यकार अधिकारीले उपन्यासमा पनि कलम चलाएका छन्।

त्यो बेला र ३० वर्षपछि प्रकाशनमा आएको प्रतिनायक कथा संग्रहको आ–आफ्नै शक्ति भएको अधिकारीको बुझाइ छ। अधिकारीले उतिबेला र यतिबेला कथा संग्रह प्रकाशनमा ल्याउँदा पाठकहरुको मनमा बस्न सफल भएको बताएका छन्। ‘उ बेला पनि पठनीय कथाहरु भन्ने कुरा सुनेको हुँ। ३० वर्षपछि प्रकाशनमा आएको अर्को कथा संग्रहबाट पनि आधुनिक कथामा अझै शसक्त लेखन भनेर धेरै समालोचकहरुले भन्नु भएको थियो।’

साहित्य प्रतिको लगाव, लगन, अभिरुचि, आशक्तिका कारण विधाको सिमाना तगारो नभएका साहित्यकार अधिकारीले उपन्यासमा पनि कलम चलाएका छन्। नेपाली कांग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराईको जीवनीमा आधारित उनको उक्त उपन्यास विधागत कृतिमा पहिलो हो। उनी राम्रो साहित्यकारले विधा परिवर्तन गरे पनि लेखनीमा उत्तिकै गुणस्तर राख्न सक्ने बताउछन्।

‘मैले एक्लो नायक लेखेँ।’ उपन्यासमा प्रवेश गर्दाको कुरा स्मरण गर्दै उनले भने, ‘त्यसभन्दा पहिला पनि उहाँको बारेमा लेखिएको थियो। मैले धेरै कुराहरु भन्न नचाहेको भनेर आर्टिकल नै लेखेँ। त्यसपछि उहाँले मलाई फोनबाट नै राम्रो एनालाइसिस् भन्नु भयो। भेटगरेपछि उहाँको जीवनी पुनः लेख्नु पर्ने प्रस्ताव गरेँ। अनुमति पाएँ। तर, चाडैँ नै उहाँले देहत्याग गर्नु भयो। त्यो मेरो कतव्र्य बन्यो र लेखेँ।’

जीवनीमा आधारिक भएको र धेरे तथ्य प्रमाणहरु संकलन गरेकाले कतिपयले के लेखेको भनेर आलोचना गरे पनि तथ्य विगारेको आरोप भने अधिकारीलाई लागेन। उनले सन्त नेता भट्टराईको जीवनीबाट नेपालीका कांग्रेस, विपी, गणेशमानसिंह लगायत तत्कालीन राजा महेन्द्रको समेत धेरै तथ्य एक्लो नायकमा संकलन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *